बुटवल । हिसान रुपन्देहीको आयोजनामा 'कोभिड- १९ ले शिक्षामा पारेको असरः अबको निकास' विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
जेठ १६ अर्थात भोली सञ्चालन हुने अन्तरक्रिया कार्यक्रममा हिसान नेपालका अध्यक्ष रमेश सिलवाल, शिक्षा तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा, अभिभावक महासंघ नेपालका संयोजक धर्मदत्त देवकोटा, एनप्याब्सन नेपालका अध्यक्ष रितुराज सापकोटा, प्याब्सन नेपालका वरीष्ठ उपाध्यक्ष राजेन्द्र बानिया, शिक्षा पत्रकार समुह नेपालका अध्यक्ष तुला अधिकारी लगाएतका बक्ताहरुको सहभागि रहने छ ।
Zoom Meeting बाट सञ्चालन हुने कार्यक्रम दिउँसो ४ बजे सञ्चालन हुनेछ । कार्यक्रममा सहभागि हुन Zoom Meeting id 468 491 3263 रहेको छ ।
प्रतिक्रिया