ताजा अपडेट »

युद्धका लागि तयार रहन सेनालाई चिनियाँ राष्ट्रपति शीको आदेश

बुधबार, १४ जेठ २०७७

काठमाडौ । चिनियाँ राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जुनसुकै बेला युद्ध हुनसक्ने बताउँदै सीले पूर्व तयारी थाल्न आदेश दिएका छन् ।

यो आदेश सीले पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् । सीमामा बढिरहेको तनाव र कोरोनालाई लिएर चीनप्रति भैरहेको षडयन्त्रलाई मध्यनजर गर्दै सेनाले खराब स्थितीका लागि तयार रहनुपर्ने सीले बताए । सीले बैठकमा भनेका छन्, ‘सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर युद्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न जटिल परिस्थितीसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ । साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्छ ।’

६६ वर्षीय सी चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख हुन् । अहिले चीन र भारतको लद्धाखमा चिनियाँ र भारतीय सेनाबीच तनाव भैरहेको छ ।