फागुन २३,
बुटवल । जारी पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सवमा बिहिबार ९ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् । आज भएको प्रतियोगीतामा नगरकोट दोहोरी साँझकी टिका सानुलाई हराउदै प्रतिष्ठान गण्डकी प्रदेशका जीवन सिग्देल तेस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै नगरकोट दोहोरीकै डिला विकलाई हराउदै रोल्पा कलाकार समाजका भिम पौडेल पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।
गोधुली रोधी घरकी आरती रुचाललाई हराउदै धादिङ बेनीघाट रोराङ गाउँपालिकाकी अस्मिता डिसी, प्रतिष्ठान लम्जुुङकी प्रिति गिरीलाई हराउदै गण्डकी दोहोरी साँझकी शर्मिला डि.सी, प्रतिष्ठान ५ नं. प्रदेशका टिकाराम ढकाललाई हराउदै नगरकोट दोहोरीकी मिना बुढाथोकी, राजश्री म्यूजिकका राजकुमार न्यौपानेलाई हराउदै प्रतिष्ठान रुपन्देहीका विक्रमबाबु बिश्वकर्मा, प्रतिष्ठान गुल्मीका उज्जवल गिरीलाई हराउदै गामवेशी दोहोरी साँझ काठमाण्डौका अर्जुन खड्का, भानु नगरपालिका तनहुका शक्ति गोदारलाई हराउदै डालिमा दोहोरी साँझकी देवी आले, र पोखरा दोहोरी साँझका विजय बानियालाई हराउदै नगरकोट दोहोरीका रविन लामीछाने तेस्रो चरणमा प्रवेश गरेको दोहोरी गीत प्रतियोगिता संयोजक प्रचण्ड जि.सी.ले बताए ।
प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजकले जनाएको छ । बिहिबार राष्ट्रिय कलाकार इन्द्र जि.सी., पुर्णकला वि.सी, बंदैी पंगेनी,चन्द्र शर्मा, विधान कार्की, डान्सर सविता भुषाल, सीता भुषाल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । शुक्रबार पनि बद्री पंगेनी,चन्द्र शर्मा, पशुपति शर्मा, शिव हमाल लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएका छन् ।
प्रतिक्रिया