ताजा अपडेट »

अफ्रिकामा कोरोना संक्रमित १ लाख बढी

शनिबार, १० जेठ २०७७

अफ्रिका । अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । अफ्रिकाको सबै देशमा संक्रमण फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार जारी गरेको सूचनामा जनाइएको छ ।

अहिलेसम्म कोरोनाबाट अफ्रिकामा ३ हजार २ सयको मृत्यु भैसकेको छ । डब्ल्यूएचओका अफ्रिकाका निर्देशक मात्सिडिसो मोएटीले पछिल्ला दिनहरुमा कोरोना तीव्र रुपमा फैलिरहेको बताए । यही मात्रा संक्रमण बढ्ने हो भने अफ्रिकामा स्थिति भयावह हुने बताएका छन् ।

डब्ल्यूएचओको इमर्जेन्सीज प्रोग्रामका कार्यकारी निर्देशक डाक्टर माइक रयानका अनुसार अहिले समग्र अफ्रिकामा तीव्र गतिमा कोरोना भाइरसको महामारी नफैलिएको भए पनि केही मुलुकमा भने केही मुलुकमा भने संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।