ताजा अपडेट »

इटलीमा १५ जुनबाट सिनेमा घर खुल्ने

आइतबार, ०४ जेठ २०७७

काठमाडौं । इटलीमा कोरोना संक्रमणको महामारीका कारण बन्द भएका सिनेमा घर खुल्ने भएका छन् । यात्रामा लगाइएको प्रतिवन्ध हटाउने निर्णयसँगै सिनेमा घर पनि सञ्चालनमा ल्याउने प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कान्टेले लकडाउनमा छुट दिँदै जुन ३ देखि     एकदेखि अर्को देश जाने अनुमति दिनुका साथै जिम स्विमिङ पुल, स्र्पोस्ट्स सेन्टर पनि खुल्ने घोषणा गरेका छन् । सिनेमा घर र थिएटर भने १५ जुन बाट सञ्चालन गर्ने अनुमति दिइएको बीबीसीले जनाएको छ ।