ताजा अपडेट »

महामहिम ज्यूको नीति तथा कार्यक्रम

आइतबार, ०४ जेठ २०७७

जेष्ठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम बनेको रहेछ । संविधानसभा भवनमा महामहीम ज्यूले वाचन गरेर सुनाउनुभयो । त्यो यउटा औपचारिकता थियो , वहाँले पूरा गर्नु भयो । लेखिएका कुरा पूरा गर्ने नगर्ने सरकारको विषय हो । ६५ पेजको किताबमा थुप्रै कुरा लेखिएका छन् । कार्यन्यनको पाटाे हेर्न एक वर्ष पर्खनु पर्दछ । खुशिको कुरा यो छ कि पछिल्लो वर्ष मेरो सरकार भनिएको थियो अहिले नेपाल सरकार भनिएकोमा महामहिम ज्यूलाई धन्यवाद दिन चाहान्छु ।

तर, मेरो विचार भने अलि फरक स्वभावको छ । मेरो "कमजोरी" यो हो कि मैले अक्षरमा मात्रै विश्वास गर्दिन । " एमए पासको सर्टिफिकेट देखाएकै भरमा मैले मेरी छोरी त्यो युवकसँग विवाह गरिदिन सक्दैन जबसम्म मैले उसको कर्म र व्यवहार हेर्दैन "। अक्षरकै कुरा गर्ने हो भने पछिल्लो वर्ष पनि राम्रा राम्रा अक्षर लेखिएका थिए । पानी जहाज लेखिएको थियोे, रेल आउने कुरा पनि लेखिएको थियो । भ्रष्टाचार नगर्ने र गर्न नदिने कुरा पनि लेखिएको थियो । ‘सुखी नेपाली र समृद्ध नेपाल ’ को नारा पनि राम्रा अक्षरमा लेखिएको थियो । त्यसैले अक्षरमा मात्रै विश्वास गर्न सकिदैन किनकि अक्षर तलमाथि परेका रहेछन् भने सच्चाउन सकिन्छ तर विचार , दृष्टिकोण नै तलमाथि परेकोलाई सच्चाउन सकिन्न । अत स् कुरा अक्षरको पनि हो तर, मुख्यत: व्यवहार कै हो । ठिकै छ,राम्रो होस् , नीति कार्यक्रम लागू होस् शुभकामना छ ।

प्रस्तुत नीति कार्यक्रमको सन्दर्भमा मेरो विषय अक्षरकाे नभएर मेरो मनमा गहिरो छाप परेको विषय भनेको संस्कृतिकाे विषय हाे । नेपाली जनताले दशकौं संघर्ष गरेर सामन्तवादी राज्यसत्ता र त्यस्को प्रतिनिधि पात्रलाई सत्ताच्युत गराएका थिए । हजारौंको बलिदानबाट लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको थियो । सामन्ती संस्कृति र चिन्तनधाराका विरुद्ध दस वर्ष युद्ध लडेका , कैयौं सामन्तहरुलाइ भाैतिक कारबाही समेत गरेका, झापा बिद्रोहमा सामेल भएका र कैयौं सामन्तहरुलाई कारवाही गरेका नायकहरुले नेतृत्व गरेको पार्टी नै निर्वाचनमा अकल्पनीय विजयका साथ सत्तामा पुगेको थियोे । हामीलाई विश्वास थियोे कि साच्चै नै अब दिन दु:खी, गरिब, सुकुम्बासी र मजदुरहरुको राज्य व्यवस्था आउनेछ र बांकी रहेका सामन्तवादका अवशेषहरु पनि अब समाप्त हुनेछन् ।

नेपालका एक युग पुरुष जस्लाई सामन्तवाद र साम्राज्यवादको योजनामा हत्या गराइएको थियोे भन्ने आंकलन छ । उहाँकै विचार आज सत्तासिन पार्टीले अवलम्बन गरेका छाैं भनी रहेको सन्दर्भ र उहाँकै धर्मपत्नी महामहिम भएको अवस्थामा हिजो जुन दृश्य देख्नु पर्यो, त्यो दृश्यले मलाई गर्भानुभुती हुन सकेन । शितलनिवास देखि संविधान सभा भवन सम्मको यात्रा समाजवाद, साम्यवाद र सर्वहारा विचार बोक्ने पार्टीको सवारी हो भन्न मनले मानेन । त्यो दृश्यले उनै राजा महाराजा र उनै सामन्तहरुको संस्कृतिको पुनरागमनको झल्को दिएको मैले आफुले महसुस गरे । यदि त्यहि सामन्तवादि संस्कृतिलाई नै निरन्तरता दिने हो भने शहिदहरु प्रती गम्भीर धोका र बेइमानी हुने म ठान्दछु । हामी संघर्षमा सामेल भएको पुरानो संस्कृति र परम्परालाई निरन्तरता दिनको निम्ति कदापि होइन, नयाँ संस्कृति र नयाँ व्यवस्थाको निम्ति नै हामी लडेका थियौं ।

रातो तुन विछाएर लावा लस्कर पल्टन सहित महामहिम विराजमान हुँने परम्परालाई निरन्तरता दिने हो भने, वर्गको अन्त कहिले होला ? मानिस मानिसको भेद कहिले हट्ला ? ठूलो कमरेड र सानो कमरेडको भेट कहिले होला ! बुर्जुवा र सामन्तहरुको संस्कृतिलाई नै निरन्तरता दिइ रहने हो भने नयाँ संस्कृती कसरी स्थापित गर्न सकिएला ! हिजोको दृश्यले मैले गर्भानूति गर्न सकिन । 'कमरेडहरु ' लाई कस्तो लाग्यो कुन्नी ?