काठमाडौं । जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल भोलीबाट सुरु हुँदैछ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण गत मार्चबाट स्थगित भएको बुन्डेस लिगा शनिबारबाट पुःन सुरु हुन लागेको हो ।
तर, सबै खेल दर्शक विनाको बन्द रंगाशालामा हुनेछ । कोरोनाकै कारण फ्रान्सको लिग वान रद्द भईसकेको छ । हालसम्म वायर्न म्युनिखसँग लिगको शिर्षस्थानमा छ । बायर्नले २५ खेलमा ५५ अंक जोडेको छ । लिगको दोस्रो स्थानमा रहेको डर्टमण्डको समान खेलमा ५१ अंक रहेको छ । लिग सुचारु भएकै दिन भोली ६ खेल हुँदैछ ।
प्रतिक्रिया