दरबार चलिरहेको बेला एक दिन अकबरले भनेछन् कि ‘विरबल ! मलाई आज चारजना मूूर्खहरुको मुुख र्हेर्ने मन लाग्यो के तिमिले ल्याउन सक्छौं ?’ विरबलले भनेछन् कि हुन्छ सरकार ! ३ दिन पछी मैले दरबारमा चारजना मुर्ख हाजिर गराउने छु । मूर्ख खोज्दै जादाँ एकजना किसान गधा माथि बसेको आफ्नो टाउकोमा घाँसको मुठा राखेको देखेर बिरवलले भनेछन् कि ‘ओ भाइ त्यो घाँसको मुठो पनि गधालाई बोकाइ दिएको भए सजिलो हुन्थ्यो कि ?’ किसानले भनेछ ‘के मलाई मुर्ख सम्झेका छौं? यो गधा ग्रभेणी छ , घासँको भारी र मेरो भारी यसले बोक्न सक्दैन , त्यसैले म गधा माथि बसेको छु र घाँस मैले बोकेको छु ।’
मनमनै बिरबरले भनेछन कि ‘एउटा मूर्ख फेला पर्याे भनेर परिचय दिएर आफ्ना साथमा लिएछन् । अलि अगाडि बढ्दै जादाँ एउटा मान्छे हातमा मिठाइको डिब्बा छोपेको थियोे , हतार–हतार अगाडि बढी रहेको थियो । उनलाई विरबलले सोधे ‘भाई तिमीलाई के को हतार छ , पसिना–पसिना भएर अगाडि बढेका छौं ?’ उसले भनेछ ‘एक वर्ष अगाडि मेरी श्रीमती मलाई छाडेर अर्कैसँग गएकि हो, वहाँ गएर उसले छोरो जन्माएकी छे आज न्वारन हो त्यही जान थालेको छु ।’ विरबलले सोचें ‘यो पनि एउटा काम लाग्ने मूूर्ख हो भनेर उसलाई साथमा लिएर दरबार पुगे । २ जना मात्रै देखेर अकबरले सोधे कि ‘मैले चारजना खोजेको ! तिमीले २ जना मात्रै ल्याएका छौ , अरु दुई जना खोइ ?’ विरबलले भने यिनका कुरा सुनेपछि चारै मूर्ख दरबारमै भेटिने छन् । दुईजना मुर्खको विवरण बताउँदै विरबलले भने ‘सरकार ! यस्ता मूर्ख खोज्न पठाउने हजुर एउटा मूर्ख , तपाइँको आदेश मानेर खोज्न जाने म अर्को मूर्ख ।’
यहि कथाजस्तै आज फेसबुकमा एकजना ’राता’ कमरेडले कालापानीमा सेना पठाउने इतिहासको पहिलो प्रधानमन्त्री के.पी. ओली भनेर समाचार हालेछन् , अनि अरु बाँकी समाचार सुन्न आतुर भएका ‘लाल’ कमरेडहरुले सोही कुरा पत्याउँदै सेयर र कमेन्ट गरेको दृश्य देखेर यो कथाको स्मरण भयो । कालापानी लिपुलेकको राष्ट्रियताको मुद्दा जो छ त्यो कुटनीतिक वार्ताको माध्यमबाट सिमाना क्लियर गर्नको लागि दुई देशका सरकारहरु बसेर हल गर्ने विषय हो ।
यदि समाधान भएन भने अन्तराष्ट्रिय मञ्चमा लडाई लड्ने कुरा हो । सडक संघर्ष गर्ने भनेको दुबै देशका सरकारलाई खबरदारी गर्ने र वार्ताको वातावरण बनाउने कुरा हो । प्रहरी वा सेना अहिले त्यहाँ गएर उस्ले के पो गर्न सक्छ र ? जहाँसम्म प्रहरी चेक पोष्टको जो कुरा छ त्यो कालापानी सिमानादेखि (१२ कि .मि . वर जहाँ पहिले चौकी रहेको थियो । द्वन्दकालका बीचमा चौकी हटाइएको थियो । अहिले सोही ठाउँमा प्रहरी पठाइएको छ । कुरा त्यति मात्रै हो ।
त्यसैले विरबलको कथा जस्तै यस्ता हावादारी समाचार पोष्ट गर्न लगाउने एउटा मूर्ख , समाचार पोष्ट गर्ने दोश्रो मूर्ख र सोही समाचार बडो गर्वका साथ सेयर र कमेन्ट गर्ने तेस्रो मूर्ख र सोही कुरा पत्ताएर १२ हात उफ्रने हामी फेसबुककर्ता । कुरा यस्तै होइन र ? ध्यान रहोस् कि यस्ता समाचारले नेतृत्वको रक्षा हुँदैन कि झनै कमजोर बन्न पुग्दछ।
प्रतिक्रिया