मौसमी फल अनुसार काफल पनि एक स्वादिलो फल हो । यस फलको बारेमा कलाकारहरु पनि गीत लेखेका थिए । काफलको बारेमा रचिएको गीत ‘वनको काफल वनकै चरीलाई’ यसवर्ष गीतमा भनेजस्तै भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न लक डाउनले गर्दा साच्चै नै वनको काफल वनको चरीलाई भएको छ । काफल टिपेर बजार ल्याउनेहरु लक डाउनले बन्देजमा छन् । त्यसैले पनि काफल वनकै चरीलाई भएको छ । अघिल्लो वर्ष यति बेला तम्घास बजारमा बजारका बिभिन्न चोक–चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिने गर्दथे । तर, यस वर्ष चैत ११ गतेबाट चलेको लकडाउनको कारणले ती मानिसहरु देख्न पाइँदैन । यति बेला ति मानिसहरुलाई जंगलबाट काफल टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइ–नभ्याई हुने गर्दथ्यो ।
राम्रो आम्दानी बेच्नको निम्ति कुनै समस्या नपर्ने भएपछि अहिले धेरैले काफल बेच्न बजारमा ल्याउने गर्दर्थे । तम्घास बजारका बिभिन्न चोक तथा बजारमा काफल बेच्नेहरुको दिनहुँ एउटा जमात आउने गर्दर्थे । काफल बेचेरै दैनिक ३ हजारदेखि वढि कमाउने गरेको पाइन्थ्यो । एउटै ब्यक्तीले दैनिक ८ पाथी भन्दा वढि काफल ल्याएर बेच्ने गरेका थिए । कतिपयले घर छेउमा र जंगलबाट काफल टिपेर ल्याएर बेच्ने गर्दर्थे । बजारमा ल्याएपछि काफल बेच्न धेरै बेर कुर्न नपर्ने नगदै पैसा पाइने भएपछि काफल बेच्नको लागि धेरैले ल्याउने गर्दर्थे । स–साना स्कुल पढनेदेखि वृद्धहरु पनि काफल बेच्न सदरमुकाम आउने गर्दर्थे सामान्य चिया गिलासको ५० रुपौयाँदेखि यसको विक्री गरेको पाइन्छ ।
यो फल अरु फल जस्तो कुनै दररेट नभएकाले बेच्नेहरुमा पनि भर पर्दछ । काफल बेच्न ल्याउनेहरु यतिबेला सामान्य पनि १ हजार देखि ३, देखि ४ हजारसम्म कमाउने गरेको अघिल्लो वर्षका काफल बेच्नेहरुको भनाई थियो । कहि किन्न नपर्ने सजिलै जंगलमा पाइने यो फल खानको निम्ति निकै स्वादिलो मानिन्छ । फलफुल मध्येकै मिठो स्वादिलो फल मध्ये काफल पर्दछ । यसको विशेषगरि व्यवसायिक रुपमा कसैले खेती गरेको पाइदैन । जंगलमा आफै उम्रेका बोट काफल फल्ने गर्दछन् । काफल उच्च पहाडी तथा हिमाली चिसियान भएको ठाउँमा फल्ने फल हो । यो फल फागुनबाट जेठको दोस्रो सातासम्म पाउन सकिन्छ । तल्लो केहि मध्य गर्मी हुने स्थानमा हुने गरेतापनि खासगरि यो फल उच्च हिमाली र पहाडी चियान हुने जंगलमा प्रयाप्त मात्रामा पाइन्छ ।
कतिपयको घर छेउमा एकाध मात्रामा यो फलका बोटहरु भएतापनि खासगरि जंगलमा पाइन्छ । जेठ महिनाको गर्मी समयसँगै यतिबेला उच्च पहाडी भेगमा काफलको सिजन मध्य भागमा पुगेको छ । गाउँघरमा यतिबेला जंगलमा काफल टिप्नको निम्ति दिनहुँ जंगल पुग्ने गर्दछन् । ति काफल यतिबेला शहरबजार बेच्नेहरुको लर्को चल्छ । अरु फलफुल जस्तै यो पनि एउटा महत्वपूर्ण फलफुल हो । यो फलसँगै यसका पनि विशेष्ताहरु धेरै छन् । यो फलको बोटको बोक्राबाट विभिन्न औषधिहरुको प्रयोग पाइन्छ । काफल फललाई यतिबेला चराले पनि गाउँघरका छेउमा आएर काफल पाक्यो भन्ने गरेको सुनिन्छ । जब जंगलमा काफल पाकेर रातै हुन्छ ,तब चराले पनि काफल पाक्यो भन्दै हिडेको आवाज निकालेको हामीले दैनिक सुन्ने गरिन्छ । काफल पाक्यो चराले भन्दै गर्दा रमाइलो पनि गर्ने गरेको पाइन्थ्यो । सानो छँदा चराले काफल पाक्यो मात्रै होइन कहाँ पाक्यो, कति टिपिस, मलाई खैतो भन्दा चराले उत्तर दिन्छ भनेर रमाउने गरेको एउटा रमाइलो छेड पनि यससँग जोडिएको पाइन्छ । चराले निरन्तर काफल पाक्यो भन्ने गरेतापनि हामीले काफल पाक्यो भन्दा कहाँ पाक्यो चराले ओखल ढुङ्गा, कति टिपिस भन्दा माना पाथी र मलाई खैतो भन्दा इत्ती लातो जस्ता चरासँग खेलेको रमाइलो भनाई पाइन्छ ।
काफल चराले मात्रै गीत गाउँदैन । कलाकारले पनि दर्जनौ गीत बनाएका छन् । चलचित्रदेखि लोक गीतसम्मका गीतहरु काफलकै नाम जोडेर बनाएको पाइन्छ । ‘वनको काफल वनकै चरीलाई’, ‘काफल पोकेको’, ‘काफल गेडी कुटुकै’ लगाएत धेरै गीतहरु काफलसँग सम्बन्धित छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा यो फल पाएता पनि गुल्मी जिल्लामा पनि धेरै ठाउँमा पाइन्छ । विशेषगरि तल्लो गर्मी हुने स्थानमा केहि मात्रामा भएतापनि उच्च भागहरु रेसुङ्गा,अर्जुन,धुर्कोट, मदाने, लगाएत उच्च भागमा प्रयाप्त मात्रामा काफल पाइन्छ । गुल्मी जिल्लामा पनि धेरै ठाउँमा काफलका जंगलहरु रहेका छन् । काफल बेच्नेहरुको लागि बोटमा चढेर टिप्नको निम्ति समय लाग्ने गरेतापनि यसको निम्ति अरु मूूल्य तिर्नु पर्दैन । बिक्री गर्न कुनै समस्या नपर्ने तुरुन्तै बिक्ने भएकाले पनि यतिबेला यो फल बेच्न ल्याउनेहरु धेरै भेटिन्छन् । तर,यस वर्ष कोरोना रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनले वास्तवमै ‘वनको काफल वनकै चरीलाई’ भएको छ ।
प्रतिक्रिया