नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाले प्रदेश ५ का मुख्यमन्त्री एवम् नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलसँग कोरोनाको महामारी, व्यवस्थापन, आगामी गुरुयोजना, संगठन विस्तार, प्रदेश स्वास्थ्य नीति निर्माण तथा विविध विषयहरुमा छलफल गरेको छ । चिकित्सक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा. सन्तोष पोखरेलले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसङ्ग पनि संस्थागत सम्पर्क, सम्वाद र कायम रहेको सन्दर्भमा स्वास्थ्य सेवा र विस्तारमा प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, केन्द्रिय सदस्य डा. सम्राट पराजुलीले कोरोना भाइरसको बढ्दो संक्रमणको नियन्त्रणका निम्ति नेपाल भारत सिमा नजिकै क्वारेटाईन तथा आइसोलेशन कक्षहरुको व्यवस्थापन गर्न, चिकित्सकहरुको पिसीआर परिक्षण गर्न लगाएत सुझाव दिए ।महासचिव डा. सागर न्यौपानेले चिकित्सक संघ केन्द्रिय कमिटीले केन्द्रिय सरकारको स्वास्थ्य मन्त्रालयसङ्ग निकै सुमधुर सम्बन्ध कायम गर्दै सरकारलाई उपयुक्त सुझाव दिइरहेको बताउँद प्रादेशिक स्वास्थ्य संरचनामा पनि चिकित्सक संघ लुम्बिनी शाखाका सुझाव र अध्ययनलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरे ।
डा. प्रशान्त आचार्यले चिकित्सक संघ निर्माणको पृष्ठभूमि, इतिहास र विविध सामाजिक गतिविधि केलाउदै यसलाई आगामी दिनमा प्रदेश सरकारले उपयोगी संस्थाको रुपमा हेरिदिन आग्रह गरे ।
मुख्यमन्त्री शंकर पोखरेलले चिकित्सक संघ लुम्बिनी शाखाले प्रदेश सरकारसँग निरन्तर सम्पर्क र सहयोग गर्ने सोच लिएकोमा स्वागत र शुभकामना व्यक्त गरे । संस्थाले उठाएका सबै विषयलाई आफू र आफ्नो मन्त्रीपरिषद्ले गम्भीरता र सकारात्मक रुपमा लिएको र क्वारेन्टाइनको विशेष कार्यदिशा तयार गर्न सक संघ लुम्बिनी शाखा निर्देशन दिए ।
राष्ट्रिय चिकित्सक संघ नेपालका केन्द्रीय सदस्य डा. सम्राट पराजुली को नेतृत्वमा गएको टोलीले अन्य विकसित देशहरुले लिएको मोडालिटी बारे बताएको थिया े। राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी शाखाले केन्द्रीय सदस्य डा. प्रशान्त आचार्यको संयोजकमा कार्यदिशा तयार गर्न ३ सदस्य गठन गरेको लुम्बिनी शाखा महासचिव डाः सागर न्योपनेले जानकारी गराए ।
प्रतिक्रिया