काठमाडौं । नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । उनले ३० वर्षमुनिको उमेर समूहमा पुरुषतर्फ स्वर्ण जितेका हुन् । कमलले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि तेक्वान्दोको पुम्सेमै स्वर्ण जितेका थिए ।
सोही समूहमा नेपालका जितबहादुर बोटेले रजत जित्दा प्रेमबहादुर लिम्बूले कास्य पदक हात पारेका छन् । कमलले ७.६७ स्कोरका साथ स्वर्ण जितेका हुन् । त्यस्तै जितबहादुरले ७.५४ र प्रेमबहादुरले ७. ५० अंकका साथ तेस्रो भए । यस्तै महिला ३० वर्षमुनिको विधामा नेपालकी पार्वती गुरुङले रजत जितेकी छन् । उक्त विधामा अमेरिकी खेलाडीले ७.३२ अंकसहित स्वर्ण जित्दा पार्वतीले ७.३ अंक जोडिन् । पार्वतीले पनि नेपालमा भएको १३औं सागमा स्वर्ण जितेकी थिइन् ।
प्रतिक्रिया