बिजौरी । रुकुम खाराका पूर्व जनमुक्ति सेनाका रामचन्द्र खड्काले दाङको बिजौरीमा ब्यवसायीक कागत खेती गरेका छन् । खड्कालेख २०७४ सालेदेखि तुलसीपुर १९ बिजौरीमा ब्यवसायिक कागती खेती गर्न शुरु गरेका हुन् ।
तर उनलाई कागती पुर्याउन धौधौ भएको छ । हाईब्रिड जातको कागती खेती गरेका खड्काले करिब ८० लाखको लागतमा २३ कठ्ठा जमिन १५ बर्षको लागि बार्षिक ५० हजार भाडाँमा तिर्ने गरी ब्यवसाय शुरु गरेका छन । २०५८ देखि शान्ति सम्झौता हुँदासम्म जनमुक्ति सेना भएका खड्काले शान्ति सम्झौतापछि उन अफगानस्तान र २ पटक मलेसिया गएका थिए । त्यहाँ पनि सोच जस्तो नभएपछि उनले कागती खेतीको अनुसन्धान गरी तराईमा हुने हाईब्रिड १५ सय कागतीका बोट रोपी शुरु गरेको बताए । हिजो आज कागतीको माग अत्याधिक हुँदा र फलेको कागती बचेर र सकिदाँ दैनिक १०÷१५ जना ग्राहकहरु खाली हात जाने गरेको उनले बताए । रोपको ६ महिनादेखि फल्न शुरु गरेको कागती अहिलेसम्म २५ कुईन्टल बचेको समेत उनले बताए ।
सुरुमा व्यवसायीक कागती खेती गर्दा घर परिवार तथा गाँउलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँलेहरु पनि कागती किन्न र हेर्न आउन थालेका छन् । प्रतिकिलो १५० र कुइन्टल १२ देखि १५ हजारमा बेच्दै आएको उनले बताए । कागतीको विरुवा भारतवाट प्रति बोट २ सय ५० रुपैयाँमा किनेर रोपेको उनले बताए । तर यसरी ब्यवसायीक रुपमा खेती गर्दा आफुलाई राज्यले अनुदान नदिएको समेत गुनासो गरे । कागती नेपालमा बार्षिक रुपमा २ अर्बभन्दा बढिको बाहिरबाट आयत हुने गर्दछ र नेपालमा करिब ५ देखि १० प्रतिशत मात्र उत्पादन सिजनमा हुने भएकाले आफुले सधैभर फल्ने कागती खेती गरेको समेत उनले बताए ।
२ विगाह जमिन भाडाँ लिएर केरा खेती, कुखुरा पालन, माछा पालन गर्न लागेको समेत उनले बताए । तुलसीपुर उपहानगरपालिका वडा नम्वर १९ का अध्यक्ष रामबहादुर योगीले भन्ने, स्थानीय सरकारले कृषीलाई प्राथामिकता दिनुपर्छ । कृषकहरुले आर्थिक भार धान्न नसकेर अन्य पेशा तिर लागेको भन्दै उनले कृषकलाई राज्यबाट अनुदान दिनु पर्ने बताए ।
प्रतिक्रिया