फागुन २१,
काठमाण्डौं । नेकपा नुवाकोटका पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । उनलाई आजै हृदयघात भएको थियो ।
पण्डितको हृदयघातपछि उपचारका लागि काठमाण्डु ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन् ।
पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन् ।
नेकपाले लगातार चौथो नेता गुमाएकाे छ । यसअघि आफ्ना लोकप्रीय नेता एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई गुमाएको नेकपाले मंगलवार नुवाकोटका पूर्व सांसद तथा नेता गणेश पण्डितलाई गुमाएको हो ।
प्रतिक्रिया