ताजा अपडेट »

भारतद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा

मंगलबार, ३० बैशाख २०७७

नयाँदिल्ली । भारत सरकारले कोरोना भाइरसको महामारीसँग जुध्न र असर कम गर्न २० लाख करोडको रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेको छ ।

मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त रकमको आर्थिक प्याकेज घोषणा गरेका हुन् । यो रकम भारतको कुल गाहंस्थ उत्पादन (जीडीपी)को १० प्रतिशत हो ।

बेरोजगार, आर्थिक मन्दी जस्ता समस्याहरुको असर कम गर्दै श्रमिक र किसान, मध्यमवर्ग र उद्योगका लागि यो आर्थिक प्याकेज ल्याइएको मोदीले बताए ।