वासिङ्टन डिसी । ह्वाइट हाउसले उच्च दुई अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सबै कर्मचारीलाई मास्क अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ । आफ्नो आसन अर्थात् कार्यस्थलको कोठामा बसेको बेलाबाहेक अन्य समयमा सामाजिक दूरी कायम राख्दै मास्क अनिवार्य गरेको हो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका एक–एक सहयोगीमा संक्रमण देखिएपछि ह्वाइट हाउसले यस्तो निर्णय गरेको हो । तर, यो निर्देशन राष्ट्रपति ट्रम्पले भने पालना गरेनन् । जब उनी पत्रकार सम्मेलनमा मास्क नलगाई पुगे ।
उनले भने, ‘यो आदेश मेरो लागि होइन । मैले यो आदेश मान्न आवश्यक छैन किनभने म सबैसँग निकै टाढा बसिरहेको छु ।’ साथै, ट्रम्पले कोरोनाविरुद्ध अमेरिकाले राम्रो काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया