ताजा अपडेट »

२ महिना क्वारेन्टाइन बसाइपछि पहिलोपटक बाहिर निस्किइन् प्रियंका

मंगलबार, ३० बैशाख २०७७

लस एन्जलस । श्रीमान् तथा गायक निक जोनससँग अमेरिकामा रहेकी अभिनेत्री प्रियंका चोपडा २ महिनाको घर बसाइपछि पहिलोपटक बाहिर निस्किएकी छन् । विश्वलाई थलाएको कोरोना भाइरस संक्रमणबाट बच्न २ महिनादेखि सेल्फ क्वारेन्टाइनमा बसिरहेकी उनी पहिलो पटक सोमबार घर बाहिर निस्किएकी हुन् । 

प्रिन्टेट मास्क लगाएर घरबाहिर निस्किएकी उनले इन्स्टाग्राममा फोटोसहित लेखेकी छन्, “आँखा कहिले शान्त हुँदैन । २ महिनापछि पहिलोपटक बाहिर ।” उनको पोस्टमा कमेन्ट गर्दै डिजाइनर मनीष मल्होत्राले लेखेका छन्, “तिम्रा आँखा सधैँ चहकिला हुन्छन् ।” प्रियंका र निक यो महामारीमा घरमै बसेर जनचेतना फैलाउने तथा लकडाउन पीडितलाई फन्ड रेज गर्ने कार्यमा सक्रिय छन् । (नवभारत टाइम्स)