काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलसिलामा हाल यूएईमा रहेका श्रेष्ठलाई संक्रमण भएको हो ।
संक्रमण पोजेटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको रन्जितले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै बताए । अहिले उनी आइसोलेसनमा बसिरहेका छन् ।
रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।
प्रतिक्रिया