बुटवल । नेपाल डेरी एसोसिएसनले दूध तथा दुग्धजन्य पदार्थ ओसारपसारमा टाइम कार्ड लागू नगर्न माग गरेको छ । विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएपछि नेपालमा लकडाउन गरिएको समयमा सरकारले निश्चित समय छुट्याएर अत्यावश्यकिय क्षेत्रलाई सुचारु गर्न दिने गरेको छ । सरकारले आईतबारदेखि लागू गरेको दूध तथा दुग्धजन्य पदार्थ बोकेका सवारी साधनहरु विहान १० सम्म मात्र हिड्न पाउने व्यवस्था व्यवहारिक नभएको एसोसिएशनले जनाएको छ ।
विषम परिस्थितिमा पनि आम किसान, उद्योगी, कामदार सबैले आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्ता माझ सेवा जारी नै राखिरहेको बताउदै संस्थाले दुधलाई अत्यावश्यक मान्दै विगतका बन्द, हड्ताल र हालको लक डाउनमा पनि बिना रोकतोक दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई आवतजावत गर्न दिईरहेकोमा आइतबारबाट लागु गरिएको समय तालिका (टाईम कार्ड) निर्धारण गरिएकोले विरोध जनाएको छ ।
´२४ घण्टा भित्र कुनै पनि समयमा काम गर्नुपर्ने र हाल तोकिएको समयभित्र रहेर दुध तथा दुग्ध पदार्थ ओसारपसार गर्न कठिन हुनेहुँदा सो समय तालिकामा औषधि र खानेपानिलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि समयसिमा नतोकि बिना रोकतोक संचालन गर्न दिन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ ।` - संस्थाका अध्यक्ष राधाकृष्ण सापकोटा तथा महासचिव प्रल्हाद दाहालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया