काठमाण्डौ । कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई बहिरंग सेवा (ओपीडी) सुचारु गर्न निर्देशन दिएको छ।
ओपीडी बन्द हुँदा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न भनेको हो।
ओपीडी सेवा सुचारु गर्दा कोरोनाको जोखिमलाई ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको छ। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेका सावधानीका उपायहरु पालना गर्दै सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको छ।
प्रतिक्रिया