काठमाडौं । बलिउड गायिका नेहा कक्कड विश्वमै धेरै हिट दिने गायिका बनेकी छिन् । हालै एक्स एक्ट्स चार्ट्सले सार्वजनिक सूचीमा नेहा धेरै गीत गाएर २०१९ मा युट्युब दोस्रो सबैभन्दा पटक हेरिएको महिला परेकी हुन् ।
नेहा एक्स एक्ट्स चार्ट्सको काउन्ट डाउनमा अमेरिकन र्यापर कार्डी बी भन्दा पछि परेकी हुन् । कार्डी बीको ४.८ बिलियन भ्युजसँगै पहिलो नम्बरमा छिन्। नेहा ४.५ बिलियन भ्युज पाएर दोस्रो नम्बरमा छिन्। यो सूचीमा नेहाबाहेक कोही पनि भारतीय महिला कलाकार छैनन्।
नेहाले सेलेना गोमेज, बिली एलिस, माइली सायरस, ब्ल्याक पिंक, केरल जी, निकी मिनाज र ग्र्यान्डजस्ता चर्चित गायिकालाई उछिनेकी छन्।
प्रतिक्रिया