बुटवल । बुटवलको लुम्बिनी आयुर्वेदिक चिकित्सालय ले क्वारेन्टाईनमा रहेकाहरुलाई निशुल्क औषधि वितरण एवं योग साधना गराउने कार्य तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नंं ५ को निर्देशिका अनुसार चिकित्सालयले रुपन्देहीका १६ वटै स्थानिय तहमा निशुल्क औषधि वितरण र योगा साधना गराउने कार्य तिब्र पारेको हो ।
चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाको संयोजकत्वमा अहिले औषधि वितरण र योगा साधना भइहेको छ । क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्ने र स्वच्छ मानसिक स्वास्थ्यको विकासका लागि चिकित्सालयले योगा र ध्यानको कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक गणेश सापकोटाले जानाकारी दिए । मायादेवी, सिद्धार्थनगर नगरपालिका, कोटईमाई, देवदह नगरपालिकामा निशुल्क औषधि र योगा साधना गरेको चिकित्सालयले शुक्रबार तिलोत्तमा नगरपालिकामाले निर्माण गरेको दुर्गादत्त स्थित क्वारेन्टाईनमा पनि निशुल्क औषधि र योगा साधना गराएको छ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, तिलोत्तमा आयुर्वेदिक औषधालयका कार्यालय प्रमुख प्रकाश ज्ञवाली, क्वारेन्टाईन ईन्चार्ज रामेश्वर ढकालको समन्वयमा क्वारेन्टाईनमा रहेकाहरुलाई योगा साधना र औषधि वितरण गरिएको थियो । क्वारेन्टाईनमा रहेकाहरुलाई चिकित्सालयका योग प्रशिक्षक एवं बैध विष्णुहरी आचार्यले प्रशिक्षण गरेका थिए । हास्यव्यग, नृत्य, गायन, योगा क्वारेन्टाईनमा रहेका नागरिक संगै चिकित्सक, सुरक्षाकर्मी र सहयोगहरु सवैलाई गराइएको थियो ।
चिकित्सालयले गुडुची चुड, जेष्ठ नागरिकहरुलाई अस्वगन्धा चुड र सुत्केरी महिलालाई सतावरी ग्रेनुयल्स वितरण गरेको थियो । चिकित्सालयले बाँकी स्थानिय तहमा पनि निशुल्क औषधि र योगा साधना गराउने बताएको छ ।
प्रतिक्रिया