ताजा अपडेट »

भारतमा रेलले किचेर १६ मजदुरको मृत्यु

शुक्रबार, २६ बैशाख २०७७

काठमाडौं । भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलले किचेर १६ जना मजदुरको मृत्यु भएको छ। घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

 रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनीहरु छत्तिसगढ तर्फ पैदल गइरहेको जनाइएको छ।  सबै मजदुर औरंगाबादको एक स्टील फ्याक्ट्रीमा काम गर्थे। दुर्घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।