फागुन १९,
बुटवल । सरकारले देशभरका मामालपोत कार्यालयहरुको सेवाप्रवाहलाई छिटो सरल र पारदर्शी बनाउने उद्देश्यले भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (अनलाइन सेवाप्रवहा ) सरु गरको थियो । तर,बुटवलको मालपोत कार्यलयमा भने त्यस्तो सुविधा प्रभावकारी भएको छैन । एक घण्टामा सम्पन्न हुने काम अहिले २÷३ दिन लाग्न थालेको छ । जसवाट सेवाग्राहीहरु सहजताको साटो थप समस्या सहन बाध्य भएका छन् । मालपोत कार्यालय बुटवलमा अनलाइन सेवा लागूू भएपछि सेवाग्राहीको झन् विजोग भएको छ ।
इन्टरनेट र जनशक्तिको राम्रो व्यवस्थापन नहुँदा सेवाग्राहीले सामान्य कामका लागि दिनहुँ धाउनुपर्ने बाध्यता रहेको छ । कार्यलयमा पर्याप्त कर्मचारी नहुँदा घण्टौं लाइन बसेर काम गर्न सेवाग्राही बाध्य छन् । कार्यालयले सुरु गरेको भूूमी अभिलेख तथा सूूचना व्यवस्थापन प्रणाली भरपर्दो नभएपछि दैनिक आउने सेवाग्राही मर्कामा परेका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर–१२ का पशुपति पौडेल मालपोत कार्यालय बुटवलमा धाएको दुई दिन भयो । पहिलो दिन भोक–भोकै बसेर दिनभर लाइन लाग्दा उनको काम हुन सकेन । गत आइतबार बिहानै मालपोत कार्यालय बुटवलमा सेवा लिन आएका उनले भने, अनलाइन प्रणालीले झन् ढिला सुुस्ती सहन बाध्य भएका छांै । पहिला एक घण्टामा काम हुन्थ्यो तर, अहिले दई दिन वितिसक्दापनि काम सम्पन्न हुने छाटकाँट देखिदैन ।’
त्यस्तै,आफ्नो जग्गा सम्बन्धी सेवा लिन मालपोत कार्यालय बुटवलमा आएका तिलोत्तमा नगरपालिका वडा नम्बर–२ बस्ने धनबहादुर के.सी.को पनि गुनासो र पिडा उस्तै छ । उनको तीन दिन बितेछ । मालपोत कार्यालयमा धाउन थालेको तर, काम अभैm बनेको थिएन । मालपोत कार्यालय बुटवलमा छिटो–छरितो सेवाप्रदान गर्ने उद्देश्यले गत पौष २७गतेदेखि अनलाइन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका हुन ।
देशभरका ५३ ओटा मालपोत कार्यलयहरुमा अहिले अनलाइन प्रणालीबाट काम सञ्चालनमा छन् । रुपन्देहीमा तीनओटा मालपोत कार्यालयहरु छन् । बुटवल मालपोत कार्यालय , भैरहवामालपोत कार्यालय र मर्चवारी मालपोत कार्यालय । जसमा बुटवल र भैरहवा स्थित मालपोत कार्यालयमा मात्र अनलाइन प्रणालीबाट काम प्रारम्भ भएको छ । मालपोत कार्यालय बुटवलबाट अनलाइन प्राणाली सुुरु भए यता गत आइतवार सम्म ३५ सय ९८ जना सेवाग्राहीले सेवा लिएका छन् ।
जग्गासँग सम्बन्धित विभिन्न कामहरु लिएर सेवाग्राही दिनहुँ मालपोत कार्यालय धाइरहेका छन् । तर, कामभने समयमा हुने गरेको छैन । एकदिनमा हुने कामलाई तीनदिनसम्म लाग्ने गरेको छ ।
घर जग्गा सम्बन्धी काम लिएर आएका सेवाग्राहीहरुलाई सामान्य काम सक्काउन दुइदेखि तीनदिनसम्म लाग्ने र साँेचेभन्दा तीनगुणा खर्च हुने गरेको सेवाग्राही बताउँछन् ।
तर, प्रविधिका कारण सेवाप्रवाहमा ढिलाई भएको मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत खिमानन्द आचार्य स्वीकार गर्छन् । उनी भन्छन् ‘अनलाइन प्रणालीले सेवाप्रवाहमा केही ढिला भएतापनि यसले समग्र रुपमा फाइदा गर्दछ । यस्तो किसिमको सेवावाट राजस्व चुवावट नियन्त्रण , लाभकर स्पष्ट हुने , किर्ते , अदबन्दी जस्ता कार्यहरु स्वतः निराकरण हुन्छ । सुुरुवाती चरण भएकोले नयाँ प्रक्रियाबाट कार्य प्रारम्भ भएको र दक्ष कर्मचारीको अभावको कारणले सेवा प्रवाहमा केही चुनौतीपूर्ण देखिएको छ । केही समयमै यस्ता जटिलताहरु समाधान हुुन्छन् ।’
मालपोत कार्यालय बुटवलका सबै काम अनलाइनबाट गर्न थालेपछि विगतको तुलनामा सेवाग्राहीले झनै सास्ती पाइरहेको प्रष्ट देखिन्छ । त्यसैले नियमन गर्नुपर्ने निकायले समयमै सुधार गर्न आवश्यक छ साथै सरकारले पनि कर्मचारीहरुलाई दक्ष बनाउन साथै इन्टरनेटको समस्या समाधान गर्नुपर्ने देखिएको छ । -बिमल पुरी/बुद्धभूमि
प्रतिक्रिया