बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषि प्रयोजनका लागि ट्रयाक्टरको भाडादर तय गरेको छ । नगरपालिका अन्तरगत गठित सैनामैना ट्रयाक्टर व्यवसायी समन्वय समिति र नगरपालिका बीच शुक्रबार बसेको संयुक्त बैठकले भाडादर निर्धारण गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न हुनसक्ने खाद्यय संकटलाई ध्यानमा राख्दै कृषि उत्पादनलाई सरल बनाउनका लागि भाडादर कायम गरिएको नगरापालिका प्रमुख चित्रबहादुर कार्कीले बताए ।
उत्पादन वृद्धिका लागि कृषि यान्त्रिकीकरण अन्तरगत नगरभर भाडादरमा एकरुपता कायम गर्दै कल्टिभेटरका लागि प्रतिघण्टा १ हजार २ सय ५० तथा रोडाभेटर र थ्रेसरका लागि प्रतिघण्टा १ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । व्यवसायीहरुले कायम गरिएको भाडादरभन्दा कम मूल्यमा पनि काम गर्न पाउने छन् भने निर्धारित भडादरभन्दा बढी शुल्क लिन नपाउने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया