बुटवल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ७३ हजार ८ सय ५९ जना संक्रमित भएका छन् । ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट २९ लाख ६८ हजार ६ सय २७ जना संक्रमित भएका छन् भने २ लाख ६ हजार ४ सय २ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा ३६ हजार ५ सय ९ जना संक्रमित थपिएका छन् भने १ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ६४ हजार ९ सय ३७ पुगेको छ भने मृतकको संख्या ५४ हजार ८ सय ८१ पुगेको छ । यस्तै स्पेनमा आइतबार मात्रै २ हजार ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ८८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २६ हजार ६ सय २९ पुगेको छ भने २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । इटालीमा २४ घण्टामा २ हजार ३ सय २४ जना संक्रमित थपिएका छन् भने २ सय ६० जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुगेको छ भने मृतकको संख्या २६ हजार ६ सय ४४ पुगेको छ ।
फ्रान्समा आइतबार मात्रै ६ सय १२ जना नयाँ संक्रमित थपिदा २ सय ४२ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६२ हजार २ सय २० जना संक्रमित भएका छन् भने २२ हजार ८ सय ९० जनाको मृत्यु भएको छ । जर्मनमीमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५७ मा कोरोना पुष्टि भएको छ भने १ सय ३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ५७ हजार ७ सय ७० पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ७६ रहेको छ । यस्तै बेलायतमा आइतबार मात्रै ४ हजार ४ सय ६३ जना नयाँ संक्रमित थपिदा ४ सय १३ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ५४ हजार ३७ जना संक्रमित हुँदा २० हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या १ लाख १० हजार १ सय ३० पुगेको छ भने २ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । टर्कीमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५७ जना संक्रमित थपिदा ९९ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ भने मृतकको संख्या ८ सय ८१ पुगेको छ । आइतबार मात्रै भारतमा १ हजार ६ सय ७ जना संक्रमित हुँदा ५६ जनाको मृत्यु भएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा थप ३ नयाँ संक्रमित भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
प्रतिक्रिया