ताजा अपडेट »

पूर्वउपप्रम अधिकारीको स्वास्थ्य स्थिति गम्भीर

शनिबार, १८ फागुन २०७५

फागुन १८,
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थिति गम्भीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उहाँको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीर महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन् । बितेका २४ घन्टादेखि पिसाब बन्द भएको छ । पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै डा पन्तले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उहाँको स्वस्थ्यमा सुधार नभएको बताउनुभयो । -रासस