फागुन १८,
दार्चुला । शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दार्चुला तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जिप दुहु गाउँपालिका ३ राताकाठाको भिरमा खसेको हो ।
शुक्रबार बेलुकी सवा ८ बजेतिर खसेको जिपमा सवारमध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिंह धामी गम्भीर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रनि कठायतले तीन महिलाको शव सडकमा निकालिसएिको जनाएका छन् । चार जना महिला, तीन जना पुरुष र एकजना बालकको शव टर्च बालेर हेर्दा भिरमा देखिएको जनाइएको छ ।
प्रहरी निरीक्षक कठायतले तीन महिला बाहेक अरु कसैको शव निकाल्न सकिने अवस्था नरहेकाले शनिबार विहान मात्र निकालिने बताए । ‘राति भएकाले भिरमा जान सकिएन, तीन महिलाको शव निकालिसकिएको छ, चार महिला, तीन पुरुष र एक बच्चाको बाँकी छ उनले भने । जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।
प्रतिक्रिया