बुटवल । आर डि टी परिक्षणमा कोरोना संक्रमणको पोजेटिभ देखिएका बर्दघाटका ७८ बर्षिया बृद्धको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । प्रदेश ५ सरकारले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको भवनमा संचालन गरेको कोरोना परिक्षण ल्यावमा गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।
योगसालाका डाक्टर राजेन्द्र गिरीलाई उदृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीका प्रमुख गौरभ ढकालले बृद्धमा कोरोना संक्रमण नदेखिएको आफुले जानकारी पाएको बताए ।
मंगलबार बर्दघाटको चिसापानी अस्पतालमा आर डि टी परिक्षण गर्दा एन्टिवोडी पोजेटिभ पाईएपछि उनाई परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा लगि स्वाव निकाले परिक्षणका लागि भैरहवाको प्योगशालामा पठाईएको थियो । बृद्धलाई भने बुटवल स्थित प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो ।रिपोर्ट नेगेटिभ आए संगै बृद्धलाई डिस्चार्र्ज हुने अस्पतालका कोरोना फोकल डाक्टर सुर्दशन थापाले जानकारी दिए ।
बृद्ध स्वास प्रस्वासमा समस्या देखिएपछि चिसापानी अस्पतालमा परिक्षका लागि गएकोमा आर डि टी टेष्टमा उनको नतिजा आएपछि बर्दघाटवासीमा त्रास फैलिएकोथियो ।
प्रतिक्रिया