ताजा अपडेट »

एकैदिन ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो

मंगलबार, ०९ बैशाख २०७७

बुटवल । उदयपुरमा आज एकै दिन ११ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप ३ जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आजको परीक्षणबाट पुष्टि भएकामा ९ जना पुरुष र २ महिला गरी ११ रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् । योसँगै उदयपुरमामात्रै  कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ ।उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।