बुटवल । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्यापमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।
प्रतिक्रिया