ताजा अपडेट »

उदयपुरमा थप एक युवामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

मंगलबार, ०९ बैशाख २०७७

बुटवल । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएको पनि जानकारी दिए । उदयपुरमा भेटिएका संक्रमित ३३ वर्षीय पुरुष रहेको जनाइएको छ । 

योसँगै उदयपुरमा कोरोनासंक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ।  जसमध्ये ४ जना निको भएका छन् ।