ताजा अपडेट »

नगरको उत्पादनलाई प्राथमिकता : तरकारी बोकेर घर-घरमा सैनामैना

मंगलबार, ०९ बैशाख २०७७

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम बढेकोे अवस्थामा नगर भित्र भारती बजारबाट आएको तरकारीले थप जोखिम बढेको महशुसगर्दै नगरबासीमा सुरक्षित र सुलभ रुपमा हरियो तरकारी तथा दैनिक उपभोक्य बस्तु जनताको घरमै पुर्याउने व्यवस्था गरेको छ । नगरभित्र उत्पादन भएका कृषि उत्पादनलाई विशेष जोडदिँदै नगरपालिकाले कृषकहरुको उत्पादनलाई संकलन गरी नगरबासीको घर-घरमा पुर्याउने व्यवस्था गरेको हो ।

सैनामैना ब्यापार संघ र सैनामैना उद्योग बाणिज्य संघको सहकार्यमा हरियो तरकारी तथा अन्य तरकारी जन्य उत्पदानहरु ३ वटा गाडी व्यवस्थापन गरी रुट निर्धारण गरी वितरण गरिएको सेनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले जानकारी गराए । थोक बिक्रेताले किसानकोमा गएर तरकारी खरिद गरी तोकिएको खुद्रा पसलमा र टोल टोलमा दैनिक रुपमा तरकारी उपलब्द भए पछि उपभोक्ताले सहज, सुलभ र सुरक्षित रुपमा तरकारी पाएको ब्यापार संघका उपाध्यक्ष गणेश भुषालल बताए । सैनामैना २ रानिबगिया निवासी शिक्षक हरी सिग्देलले नगरकै ब्यवस्थापनमा तरकारी बजारमा उपलब्द भएपछि मूल्यमा एकरुपतासँगै उपभोक्तामा जोखिम समेत कम भएको बताए । सुरक्षित, सुलभ र सहज रुपमा आम जनसमुदायलाई घर-घरै हरियो तरकारी उपलब्द गराउने वातावरण बनाएकोमा नगरबासी खुसी भएको उनले उल्लेख गरे ।

जनताको घरमा लैजान तयार पारिएका तरकारी

टोलमा साईकलमा तरकारी लिएर आउने अपरिचितसँग तरकारी किन्दा कोरोना जोखिम हुने गरेको बताउँदै अप्ठारो र जोखिम हुँदाहुँदै पनि बाध्यता बस किन्नु पर्ने समस्या तरेको सैनामैना ३ निवासी मिरा क्षेत्रीले बताइन् । क्षेत्रीले भनिन् ‘अहिले त नजिकैको टोलकै तरकारी पसलमा स्थानीय उत्पादन पाएका छौं र मूल्यमा पनि एक रुपता भएको छ ।’ नगरको सहकार्य र संघसस्थाको समन्वयमा नगर मै नगरकै तरकारी खपत गर्ने नीतिले किसानको तरकारी बारीमै कुहिने अवस्थाबाट बचाएको सैनामैना निवासी कृषक रामलाल थारुले बताए । यति मात्र होईन जनप्रतिनिधि, सैनामैना ब्यापार संघ र सैनामैना उद्योग बाणिज्य, उपभोक्ता हित संरक्षरण मञ्च लगायतका टोली किसानै बारीमा गएर मुल्य बुझ्दछन् र बजारमा ब्यापारीले कतिमा बिक्रि गरेका छन् अनुगमन गर्दछन ।

कृषि बाली अनुगमनमा जनप्रतिनीधि तथा कर्मचारी

अहिले सैनामैनाका हरेक थोक तथा किराना पसलमा अनिवार्य मूल्य सुची राख्न लगाईएको सैनामैना उद्योग बाण्ज्यि संघका महासचिव दिपक अधिकारीले बताए । किसानको बारीको मूल्य र उपभोक्ताले पाउने मुल्यको धेरै फरक हुन नदिन र कालो बजारी रोक्न समेत आवश्वक ध्यान दिईएको सैनामैनाका उपप्रमुख बिना रानाले बताइन् । नगर बासीलाई जोखिमबाट बचाउन, बजारमा आबश्यक हरेक प्रकारका खाद्यान्न, तरकारी, दुध, औषधीको उपलब्धता, राहत वितरण लगायतका कार्यमा नगरपालिकाको प्रत्यक्ष निगरानी रहेकोे नगर प्रमुख कार्कीले बताए । ‘कुनै पनि प्रकारले नगरबासी जोखिममा नपरुन भन्नेतर्फ सहजक भई आवश्यक योजनाहरु बनाएर कार्यान्वयनमा ल्याएका छौ ।’-प्रमुख कार्कीले भने ।

नगर बासीलाई शुलभ मूल्यमा तरकारी वितरण गरिँदै

कार्कीका अनुसार लकडाउन उल्लङ्घन गर्नेलाई सैनामैना वडा नं १ मा रहेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोरोना अस्थायी अस्पतालको क्वारेन्टिनमा राख्ने निर्णय समेत गरिएको छ । कोभिड-१९ कोरोनोबाट नगरबासीलाई सुरिक्षत राख्न नगरपालिकाले बिपन्न तथा दैनिक ज्यालादारी गरी खाने परिवार पहिचान गरी राहत बितरण गर्ने, अलपत्रलाई खाना बस्न तथा घरसम्म गाडी खोजेर पुर्याउने, टोलटोलमा निःशुल्क दुध वितरण, सहजरुपमा दिर्घ रोगीहरुलाई औषधीको उपलब्दता, बजार अनुगमन, लकडाउनलाई कडाई गर्ने जस्ता कार्य गर्दै आएको छ ।