तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकाले विभिन्न स्थानबाट घरमा फर्किएका ४ जनालाइ क्वारेन्टाइनमा राखेको छ । चितवनबाट फर्केका ३ र काठमाडौँबाट फर्केका १ गरी ४ जनालाइ क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले जानकारी गराए । उनीहरूमध्ये तिनाउ २ नुवाकोटको क्वारेन्टाइनमा ३ र तिनाउ ६ बेलडाँडाको क्वारेन्टाइनमा १ जनालाइ राखिएको हो । उनीहरूको नियमित स्वास्थ्य परीक्षण, खाना, नास्ताको व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।
तिनाउमा यसअघि कुनै पनि मानिस क्वारेन्टाइनमा थिएनन् । पहिलो चरणमा ४ लाख ५० हजारको खाद्यय सामाग्री राहत वितरण गरेको गाउँपालिकाले सबै वडाहरुमा गरिव तथा विपन्न वर्गलाई ६ लाख मूल्य बराबरको आद्यसाग्री राहत वितरण गर्न सुरु गरेको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले बताए । लकडाउन अवधिमा अनावश्यक घर बाहिर ननिस्कन तथा पछिल्ल १४ दिनयता विदेशबाट आएका कुनै नागरिक भएमा गाउँपालिकामा खबर गर्नका लागि उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया