ताजा अपडेट »

के आईसीसी टी–ट्‍वान्टी विश्वकप क्रिकेट तोकिएकै मितिमा होला ?

सोमबार, ०८ बैशाख २०७७

काठमाडौ । कोरोना भाइसरका कारण विश्वभरका लगभग सबैजसो खेल प्रतियोगिता स्थगित भइसकेका छन् ।

कोरोनाका कारण  अस्ट्रेलियामा पनि प्रभावित छ । सेप्टेम्बरसम्म बाहिरी नागरीकलाई आवातजावतमा रोक लगाएको अस्ट्रेलियालेअक्टोबरमा आईसीसी टी–ट्‍वान्टी विश्वकप क्रिकेटको आयोजना गर्दै छ । के आईसीसी टी–ट्‍वान्टी विश्वकप क्रिकेट तोकिएकै मितिमा होला ? यतिबेला धेरैको प्रश्न यहि छ ।  केही महिनापछि स्थिति सामान्य भए खेल सुचारु गर्न सकिने जनाएको आईसीसीले अगस्तसम्म आईसीसी टी–ट्‍वान्टी विश्वकपका विषयमा कुनै निर्णय नलिने बताएको छ ।

आईसीसीले भनेको छ- ‘अहिले हामी खेल स्थगित गरौं । तर, केही महिनापछि स्थिति सामान्य भयो भने आईसीसीले हतारमा निर्णय लियो भन्ने हुन्छ, त्यसैले आईसीसीले केही निर्णय लिन अझै केही समय छ । अगस्तसम्म यस विषयमा कुनै ठोस निर्णय लिने छौं ।’