बुटवल । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमण २४ लाख ६ हजार ८ सय २३ जनामा फैलिएको छ । सोमबार यो समाचार तयार पार्दासम्म ६ लाख १६ हजार ८ सय ७० जना उपचारपछि घर फर्केका छन् भने मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५४ पुगेको छ । नेपालमा ३१ ज्नामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा कसैले पनि ज्यान गुमाउनु परेको छैन । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हालसम्म ८ हजार ८१ जनाको कोरोना परिक्षण भएको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लव् तथ्यांक अनुसार त्यहाँ ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेहरूको संख्या साढे सात लाखभन्दा बढी छ । अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ । ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन् । आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन् । उनले नियमित पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् । ‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन ।’
मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ । त्यहाँ २३ हजार ६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ । इटलीमा संक्रमितहरूको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ । त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १ लाख ९६ हजार ६६४ ससंक्रमित छन् । त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ। त्यस्तै बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार १ सय ७२ जना संक्रमित छन् ।
प्रतिक्रिया