ताजा अपडेट »

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

आइतबार, ०७ बैशाख २०७७

काठमाडौं । नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो ।

पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।