ताजा अपडेट »

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

शनिबार, ०६ बैशाख २०७७

बुटवल । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुगेको छ । आज नै २ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । १ जना भने यस अघि नै डिस्चार्ज भैसकेका छन् ।