ताजा अपडेट »

सर्लाहीमा र्‍यापिड टेष्ट गर्दा एक बालकमा कोरोना पोजेटिभ देखियो

शनिबार, ०६ बैशाख २०७७

सर्लाही । सर्लाहीमा र्‍यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जना १४ वर्षीय बालकमा र्‍यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीले बताएका छन्। प्रजिअ जिसीका अनुसार उनीसँगै क्वारेन्टाईनमा रहेका अर्का एकजनाको भने र्यापिड टेस्टको नतिजा नेगेटिभ आएको छ। 

एन्टीबडी देखिएका ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए। उनमा कोरोना संक्रमण भएनभएको भने पिसिआर रिपोर्ट पछि मात्र थाहा हुनेछ।