ताजा अपडेट »

वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाइयोस् : डब्लुएचओ

शनिबार, ०६ बैशाख २०७७

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपिल गरेको छ। डब्लुएचओ प्रमुख डा. टेड्रोस गिब्रिसियसले कोरोना भाइरसलाई मध्यनजर गरेर खाने प्रयोजनका लागि वन्यजन्तुको मासु व्यापारमा प्रतिबन्ध लगाउन सबै देशका सरकारलाई आग्रह गरेका हुन्।

कोरोना भाइरस चीनको वुहानस्थित वन्यजन्तुको मासु बजारमा उत्पत्ति भएर विश्वभर फैलिएको बताइँदै आएको छ। डब्लुएचओ प्रमुखले भनेका छन्, ‘जीवित जनावकरको बिक्री पनि स्वच्छताका सबै मानकको कडाइका साथ पालना गरेर मात्र पुनः खुला गरिनुपर्छ।’ पछिल्ला केही वर्षमा देखा परेका नोवल भाइरसमध्ये ७० प्रतिशत जनावरबाट आएको पनि उनले बताएका छन्।