ताजा अपडेट »

कारबाहीमा आठ तालिबान लडाकू माारिए

विहीबार, १६ फागुन २०७५


फागुन १६ ,मजार इ सरिफ। अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् ।

सेनाका प्रवक्ता मोहमद हनिफ रेजाइले बिहीबार उक्त कारबाहीको जानकारी दिनु भएको छ । सुरक्षाबलले बुधबार बिहान चम्ताल जिल्लाकोे दई ओटा इलाकामा गरेको कारबाहीको क्रममा ती लडाकू मारिएका प्रवक्ता रेजाइले बताउनु भएको छ ।

सो इलाकामा केही समययता तालिबान लडाकू विरुद्ध सरकारी कारबाही जारी रहेको अधिकारीले जानकारी दिएको छन् ।

तालिबान लडाकू समूहले भने यस विषयको कुनै टिप्पणी गरेका छ्र्रैनन् । -रासस/सिन्ह्वा