ताजा अपडेट »

संसद बैठक सर्‍यो

विहीबार, १६ फागुन २०७५

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि सरेको छ । संघीय संसद सचिवालयले सूचनामार्फत् बैठक स्थगित भएको जनाएको हो।

आज १ बजेका लागि डाकिएको बैठक भोलि ३ बजेसम्मका लागि सारिएको  हो। पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधनपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गर्दै आधा झण्डा झुकाउने निर्णय गरेको थियो।

अधिकारीलाई श्रद्धाञ्जलीका लागि आज उनको शव टुँडिखेलमा राखिँदैछ ।-केन्द्रविन्दु