कपिलवस्तु । कपिलवस्तुमा एक जनाले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् । आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेका कपिलवस्तु नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँ सुकुम्बासीबस्तीका ती व्यक्तिले गएराती इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा आत्महत्या गरेका हुन् ।
वुधवार राती प्रहरी कार्यालयको अटैच वाथरुम सहितको शौचालयको भेन्टीलेटरमा तत्ना प्रयोग गरेर आत्म हत्या गरेको पिपराका प्रहरी निरीक्षक आयुस प्रसाद जोसिले जानकारी दिए। छोरी बलात्कारको आरोप लागेपछि ती व्यक्तिलाई गत फागुन २३ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरि रहेको थियोे । के कारणले आत्महत्या गरे भन्ने अझै खुल्न नसकेको प्रहरी निरीक्षक जोसि बताए । घटनाका सम्बन्ध अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया