ताजा अपडेट »

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, २०२ देशमा संक्रमण

बुधबार, १९ चैत्र २०७६

बुटवल । कोरोना भाइरस (कोभिड १९) बाट मृत्यू हुनेको संख्या ४२ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ र मृतकको संख्या ४२ हजार १ सय ७ पुगेको जनाएको छ । कोरोना भाइरस संक्रमण २०२ देशमा पुगेको छ ।

अहिलेसम्म १ लाख ७७ हजार १४१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् भने ६ लाख ३७ हजार ६६९ जनामा अहिले पनि कोरोनाको संक्रमण रहेको छ । यसमध्ये ६ लाख ५ हजार २९७ जना सामान्य अवस्थामा छन् जुन कुल संक्रमितको ९५ प्रतिशत हो । कुल संक्रमितमध्ये ५ प्रतिशत गम्भीर अवस्थामा छन् जुन संख्या ३२ हजार २९७ रहेको छ ।

२ लाख १९ हजार २४८ जना संक्रमितको नतिजा आएकोमा ८१ प्रतिशत अर्थात् १लाख ७७ हजार १४१ जना निको भएका हुन् भने १९ प्रतिशत अर्थात् ४२ हजार १०७ जनाको मृत्यू भएको हो