बुटवल । कोरोना भाइरसका कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन्। त्यसैगरी अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन्।
सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अहिले पनि ९० हजारभन्दा बढी संक्रमित छन्।
उता, अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या २ हजार नाघेको छ। सीएनएनका अनुसार शनिबारसम्ममा त्यहाँ २ हजार १० जनाको मृत्यु भएको छ। बिहीबारसम्म यो संख्या १ हजार थियो। त्यसैगरी कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ६ सय ८८ पुगेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार भने २०१ मुलुकमा फैलिएको कोरोना भाइरसबाट शनिबारसम्ममा २६ हजार ६ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७५ हजार ४ सय ४४ जना संक्रमित छन्।
स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको हो। उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण मृत्यु भएको हो। मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्जा भाञ्जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ। अर्कातिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्।
प्रतिक्रिया