ताजा अपडेट »

बाग्लुङकी युवतीमा कोरोना संक्रमण, संक्रमितको संख्या ५ पुग्यो

शनिबार, १५ चैत्र २०७६

बुटवल । नेपालमा थप एक जनामा कोरोना संक्रमितको पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितकोको संख्या ५ पुगेको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।