बुटवल । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण रुपन्देहीका हाटबजार बन्द गरिने भएको छ ।
रुपन्देहीमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारको निर्णयप्रति एक्यबद्धता जाहेर गर्दै अर्को सूचना जारी नहुँदा सम्मको लागि जिल्ला भरी लाग्ने सम्पुर्ण हाटबजारहरु बन्द गरिने हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिए ।
‘हजारौं उपभोक्ताको भिडभाड हुने र संक्रमण फैलने खतरा देखिएपछि यसबाट सर्तकता अपनाउन हाटबजार बन्द गर्ने निर्णय गरेका हौं,’ उनले ग्लोबल आवाजसँग भने, ‘समस्या समाधान नहुँदासम्म बजार बन्द हुन्छ ।’
प्रतिक्रिया