काठमाडौं । नेपालसँग सिमा जोडिएको भारतको विहार राज्यमा कोरोना भाइरसको कारण एक जनाको मृत्यु भएको छ ।
राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षिय सैफ अलीको आइतबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केहि दिनअघि कतारबाट फर्किएका अलीलाई कोरोना संक्रमण भएको पाइएपछि अस्पतालमा गरिएको थियो । बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ ।
योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ । यसअघि बिहार राज्यमा कसैमा पनि कोरोना सङ्क्रमण नभएको पाइएको थियो ।
प्रतिक्रिया