ताजा अपडेट »

बढ्दो महामारीका बावजुद नेपोलीले बुधबारदेखि अभ्यास थाल्ने

शनिबार, ०८ चैत्र २०७६

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)बाट विश्वकै सबैभन्दा धेरै प्रभावित इटालीको नेपोली फुटबल क्लबले महामारीका बावजुद अर्को हप्तादेखि अभ्यास सुरु गर्ने भएको छ।

कोरोना भाइरसको ‘इपिसेन्टर’ चीनभन्दा बढि मानिसले ज्यान गुमाइसकेको इटालीमा मार्च ९ सम्मका लागि सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ। कोरोनाकै कारण इटालीमा हालसम्म ४ हजार ३२ जनाले ज्यान गुमाएका छन्।इटालियन खेलाडी संघका अध्यक्ष डामियानो टोम्मासीले नेपोलीको यो कदम खेलाडीका लागि घातक साबित हुनसक्ने बताएका छन्।हालसम्म काग्लियारीले खेलाडीलाई समूहमा विभाजन गरेर सोमबारदेखि अभ्यास सुरु गर्ने तयारी गरेको छ भने नेपोलीले त्यसको दुई दिनपछि सुरु गर्नेछ।

‘टोलीको रेगुलर अभ्यास आगामी बुधबारदेखि टेक्निकल सेन्टरमा सुरु हुनेछ,’ नेपोलीले भनेको छ, ‘मार्च २५ को बिहानी सेसनमा ट्रेनिङ हुनेछ।’त्यस्तै, ल्याजियोले पनि अर्को हप्तादेखि निरन्तर ट्रेनिङ गर्ने तयारी गरेको छ।