ताजा अपडेट »

नेकपाको सक्रियतामा दसगजामा स्वास्थ्य चेकजाँच

शनिबार, ०८ चैत्र २०७६

बुटवल । स्थलमार्ग हुँदै सबैभन्दा बढि पर्यटक भित्रिने नेपाल भारत सिमानाका बेलहिया स्थित दसगजामा नेकपा स्थानीय कमिटिको सक्रियतामा स्वास्थय चेकजाँचमा कडाई गरिएको छ । उक्त नाकाबाट नेपाल प्रवेश गर्नेहरुको तापक्रम नाप्ने, स्यानेटाईजरबाट हात धुवाउने गरेर मात्रै प्रवेश गर्न दिईएको छ ।

सिद्धार्थनगर पालिकाले तापक्रम नाप्ने उपकरण र दुईजना कर्मचारी उपलब्ध गराएर सहयोग गरिरहेको उक्त दसगजाको स्वास्थ्य चेकजाँचमा स्थानीय बेलहिया स्थित नेकपाको वडा कमिटिले प्रत्येक पार्टी सदस्यसँग सहयोग उठाएर स्यानेटाईजर खरिद गरेको वडा सचिबालय सदस्य रमेश थापाले बताए । थापाले भने, “ हाम्रो पार्टीका साथिहरु बिहान ६ बजेदेखि राति १० बजेसम्म पालैपालो बसेर भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य चेकजाँचमा सहयोग गरेका छन् । “थापाका अनुसार स्थानीय वडा कमिटिले पहिलो चरणमा ४५ हजार मूल्य बराबरको स्यानेटाईजर खरिद गरेको छ । विश्वभरि महामारिको रूपमा फैलिएको कोरोना भाईरस जतिबेला पनि नेपाल भित्रिन सक्ने हुँदा भारतसँग सिमा जोडिएको वडाका बासिन्दा सचेत भई सकेसम्म रोग भित्रिन नदिन पुर्व सतर्कता अपनाएको दसगजाको हेल्प डेक्समा सेयानेटाईजरबाट हात धुन अनुरोध गर्दै बसेका नेकपा जिल्ला सदस्य धर्मराज गिरिले बताए ।

पाटीको अभियानलाई नगरपालिका सहित सेना, प्रहरी, शससत्र प्रहरीले पनि सहयोग गरिरहेको छ।उक्त नाकाबाट मोटरसाईकल, साईकल, चारपांग्रे सवारी साधन, मालबाहक गाडी, पैदल यात्री गरेर आजभोलि दैनिक १५ र १६ हजार जना जति ओहोर दोहोर गरिरहेको नेकपा नगर सचिबालय सदस्य रामु बस्नेतले बताए । यता राहदानि बाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार शुक्रबार बेलहिया नाकाबाट एकजना पनि राहदानि बाहक विदेशि नेपाल प्रवेश गरेको पनि छैन ।