काठमाडौं । गायिका कनिका कपुरलाई कोरोना भाइरस संक्रमण भएको छ । हालै लण्डनबाट आएकी कनिकालाई संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
'बेबी डल' बाट चर्चामा आएकी कपुरलाइ अहिले लखनउको एक होटलमा आइसोलेसनमा राखिएको छ । उनी केहिदिन देखि लखनउमा साथीसँग रहेकी छिन् । उनले साथीहरुसँग समेत डिनर गरेकी थिइन् ।
उनी केही दिन अगाडि मात्र बेलायतमा फर्किएको भारतीय टेलिभिजन एबीपी न्यूजले पुष्टि गरेको हो ।
प्रतिक्रिया